
काठमाडौँ, १५ श्रावण । लिभरपुलले एफए कम्युनिटी शिल्डको उपाधि हात पारेको छ ।
किग्ङ्स पावर मैदानमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै ३–१ गोलले पराजित गर्दे उपाधि कब्जा गरेको हो । लिभरपुलका लागी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे ।
सिटीका जुलियन अल्भारेजले एक गोल फर्काए ।
कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता र एफए कप विजेता भिड्ने गर्छन् ।
सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे