
काठमाडौँ, २६ भाद्र । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एल.जी. ले दशैं र तिहारका लागि आफ्नो नयाँवर्ष अभियान ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एल.जीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ।
यस योजनाअन्तर्गत, एल.जी.को लागि नेपालको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४०% सम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ।
साथै, ग्राहकहरूले एल.जीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मज्जा लिन पनि सक्छन्। त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५% सम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकले पाउन सक्छन्ः
– एल.जी.साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन /एयर फ्राइर
– एल.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वाग्यास चुलो,
– एल.जी. डबल डोर फ्रिज (GLK292SLTLबाहेक) को खरीदमा फ्यान र कुलर र उपहार बक्स,
– सिंगल डोर फ्रिजमा क्यासब्याक,
– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
– एलजी फ्रन्ट लोडवाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर,
– ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
– टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड
– एल.जी. डिशवाशरको खरीदमा डिशवाशर किट
– एल.जी.भ्याकुमक्लिनरको खरिदमा चपर
– एल.जी. एयर प्युरिफायरको खरिदमा एयर फ्राइर
साथै यस अवधिभित्र एल.जी.को टि.भी. खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँवर्षको अफरले एल.जी. स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दछ।
यो अभियान भाद्र २५ देखि नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे