
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। भेटमा उहाँले नेताहरूलाई स्वागत गर्दै बालुवाटार सबै दलको साझा घर भएको उल्लेख गर्नुभयो। आफू न्याय क्षेत्रबाट आएको व्यक्ति भएको भन्दै राष्ट्रपतिबाट चुनाव गराउने जिम्मेवारी पाएपछि सरकार निर्वाचनको तयारीमा जुटेको उहाँको भनाइ थियो।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री कार्कीले नेताहरूलाई धन्यवाद दिँदै अब हुने चुनाव जसरी पनि सफल बनाउन सबै दलको सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराइसकिएको जानकारी दिँदै सुरक्षाकर्मीको मनोबल बढेको उल्लेख गर्नुभयो। अब कुनै अन्योल नगरी देशको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव सफल पार्न सबैले मिलेर सहयोग गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे