
काठमाडौँ, मङ्सिर २८ । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे