
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा धेरै विद्युत् खपत गर्ने र सर्वाधिक महसुल तिर्ने १० ठूला ग्राहकहरूको नाम सार्वजनिक गरेको छ।
प्राधिकरणले सातै प्रदेशबाट १०/१० गरी ७० जना क्षेत्रीय स्तरका तथा देशभरिबाट केन्द्रमा सूचीकृत १० जना गरी कुल ८० ग्राहकको नाम औपचारिक रूपमा प्रकाशित गरेको हो। यो विवरण प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
सार्वजनिक सूचीअनुसार सबैभन्दा धेरै महसुल तिर्ने १० ग्राहकहरूमा मुख्यतः स्टिल तथा सिमेन्ट उद्योगहरू रहेका छन्। अत्यधिक खपत गर्ने शीर्ष १० ग्राहकहरू यसप्रकार छन्:
१. सर्वोत्तम स्टिल
२. विजयश्री स्टिल
३. गोयल इस्पात
४. आरती स्ट्रिप्स प्रालि
५. प्रिमियर स्टिल प्रालि
६. स्टिल्स प्रालि
७. होङ्सी शिवम् सिमेन्ट
८. हुलास वायर इन्डस्ट्रिज
९. स्वस्तिक रोलिङ मिल्स
१०. जगदम्बा वायर्स प्रालि
विद्युत् प्राधिकरणले महसुल पारदर्शिता, विद्युत् आपूर्तिमा सन्तुलन र ऊर्जा नीति निर्माणमा सहयोग पु-याउने उद्देश्यले सूची सार्वजनिक गरिएको जनाएको छ। यसबाट औद्योगिक क्षेत्रको विद्युत् खपतको अवस्था बुझ्न समेत मद्दत पुग्ने विश्वास लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे