
काठमाडौँ, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेट गराउन नेताहरू सक्रिय भएका छन् ।
नेपाल नेतृत्वको नेकपा एसको १० सीटसहित थपेर एमालेलाई प्रतिनिधि सभाको पहिलो दल बनाउनेसम्मको तयारीका साथ नेताहरू वार्तामा छन् । दुवै नेताबीच तत्कालै भेट गराउन पहल भइरहेको छ । उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले माधव नेपालसँग छलफल गरेर दुई नेताबीच वार्ताको पहल गरेका छन् ।
यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए । सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे