
काठमाण्डौ। लक्ष्मी सनराइज बैंक लिमिटेडले २०८१ फागुन ६ र ७ गते (फेब्रुअरी १८-१९, २०२१) मा Disaster Recovery Drill(सबै डाटा, सर्भर र प्रणालीको नियमित ब्याकअप,पुनःस्थापना योजना,पुनःस्थापना प्रक्रिया,प्रणाली जाँच, रिपोर्ट) सञ्चालन गर्ने भएकाले बैंकका विभिन्न डिजिटल सेवाहरू अवरुद्ध हुने जनाएको छ। बैंकका अनुसार कार्ड, इन्टरनेट बैंकिङ, POS तथा मोबाइल बैंकिङ सेवा सो अवधिमा प्रभावित हुनेछन्।
ड्रिलका क्रममा फागुन ६ गते बेलुका ११ बजे देखि विहान १ः३० बजे सम्म २ घण्टा ३० मिनेटसम्म र फागुन ७ गते ३ घण्टा ३० मिनेटका लागि बैंकका सेवा अवरुद्ध हुने जनाइएको छ।
बैंकले ग्राहकहरूलाई यस असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक जानकारीका लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे