चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरो हटाउन आज बिहानैदेखि काम थालिएको छ। मुग्लिन र नारायणगढ दुवैतर्फबाट मेसिन प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ। तर, माथिबाट लगातार ढुंगा झरिरहेकाले काममा कठिनाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो शुक्रबार रातिदेखि खस्न थालेको हो, जसका कारण बाटो अवरुद्ध हुँदा सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। बाटो खुलाउन भरपुर प्रयास भइरहेको जनाइएको छ।







