
काठमाडौँ , १२ असार | मजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका थिए । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये ६९ वर्षिय रुद्रमान गुरुङको शव मङ्गलवार बिहान फेला परेको थियो भने बेपत्ता रहेका ३६ वर्षिय पञ्चकुमारी गुरुङ र उनका दुईजना नातिनीहरू ८ वर्षिया इच्छा गुरुङ अनि ४ वर्षिया नम्रता गुरुङको शव मङ्गलवार मध्याह्न फेला परेको छ ।
बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो ।पहिरो करिब तीन सय मिटर लामो पहिरोमा स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगाएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे