
काठमाडौँ, १२ । ललितपुर महानगरपालिकाले अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
महानगरले आज एक एक सार्वजनिक सूचना जारी गर्दै सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका र सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरूले शहर नै कुरूप भएको भन्दै सात दिनभित्र हटाउन निर्दैशन दिएको हो ।
महानगरको निदैशन बमोजिम सम्बन्धित निकायहरुले ७ दिनभित्र नहटाए कारवाही गरिने चेतावनी समेत दिएको छ ।
ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे