
काठमाडौं , १० भदौ | ललिता निवासमा प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ।सरकारी वकिल कार्यलयले सिआइबीले तयार पारेको प्रतिवेदन अध्ययन गरेर सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने तयारी गरेको हो ।
कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले सो नियर्ण गरेको हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरण भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसहितका भूमाफियाहरुसँगको मिलोमतोमा खरिद गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ सहित १७५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे