
एजेन्सी । कुवेतको तेल कम्पनीले जानकारी दिएको अनुसार, दुबई नजिकै बन्दरगाहमा रोकिएको कुवेती तेल बोक्ने ठूलो ट्याङ्कर “अल साल्मी” मा इरानले ड्रोन आक्रमण गरेको छ। आक्रमण हुँदा जहाजमा कच्चा तेल पूरा लोड भएको थियो।
आक्रमणका कारण जहाजमा क्षति पुगेको छ र केही समय आगो पनि लागेको थियो। आगो भने नियन्त्रणमा आइसकेको छ। जहाजमा रहेका २४ जना चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ। तर समुद्रमा तेल चुहावट हुन सक्ने खतरा रहेको भन्दै सतर्कता अपनाइएको छ।
यस घटनापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढेको छ। पछिल्लो समय इरान र इजरायलबीच तनाव बढ्दै गएको छ, जसका कारण यस्ता आक्रमण र प्रभाव विश्व बजारसम्म देखिन थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे