
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री कुलमान घिसिङको पदमानीयतामाथि प्रश्न उठाएका छन्।
उनका अनुसार आफूले नेतृत्व गरेको पार्टी सार्वजनिक गर्दै चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्रिमण्डलमै राखिराख्नु प्रधानमन्त्री सुशीला कार्कीको ‘गैरदलीय सरकार’ सम्बन्धी दाबीको विपरीत छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै घिसिङले राजनीतिक पार्टी गठन गरेर चुनावमा जाने तयारी गरिसकेको हुँदा मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने टिप्पणी गरेका छन्। उनले लेखे, “गैरदलीय सरकारको दाबी गर्ने प्रधानमन्त्रीले चुनावी घोषणासहित पार्टी गठन गरिसकेको व्यक्तिलाई मन्त्री बनाइराख्नु उचित हुन्छ र?”
उनका अनुसार यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रतिबद्धता प्रश्नवाचक बनेको छ र घिसिङलाई तत्काल पदबाट मुक्त गर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ।
मन्त्री घिसिङ हाल आफू निकट उज्यालो नेपाल पार्टी को केन्द्रीय समिति बैठकमा सहभागी भएको चर्चा सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे