
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच बुधबार भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा सहभागी हुन भारतमा रहेका मन्त्री घिसिङले नयाँ दिल्लीस्थित विद्युत् मन्त्रालयमा समकक्षी खट्टरसँग द्विपक्षीय भेट गरेका हुन्।
भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जा सहकार्य, विद्युत् व्यापार सुदृढीकरण, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको प्रगति र दीर्घकालीन ऊर्जा साझेदारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
उक्त भेटमा भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा, भारतका विद्युत् सचिव पङ्कज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव र नेपालका ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमलगायत अधिकारीहरूको उपस्थिति थियो। मन्त्री घिसिङको सचिवालयका अनुसार दुबै देशबीच ऊर्जा सहकार्यलाई नयाँ स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे