
काठमाडौँ। कुलमान घिसिङको पार्टी ‘उज्यालो पार्टी नेपाल’ र खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ एकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् । दुवै पार्टीबीच उज्यालो नेपाल पार्टीको ‘बिजुलीको चिम’ चुनाव चिह्नलाई साझा चिह्न बनाउने सहमति भएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा दुवै पार्टी एउटै चिह्न प्रयोग गरेर सँगै चुनाव लड्ने घोषणा गर्दै छन्। बुधबार बानेश्वरमा आयोजना हुने कार्यक्रममा ‘बलिरहेको चिम’ चिह्न लिएर चुनावमा जाने घोषणा हुने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम नेपालले बताए।
उज्यालो नेपाल पार्टीले पहिले नै बिजुलीको चिम चिह्न पाएको थियो भने हाम्रो पार्टी नेपालले ‘लाइक’ चिह्न पाएको थियो। अब दुवैले सामूहिक रूपमा चुनाव लड्न एकै अजष्जल माग्ने निर्णय गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे