
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यससम्बन्धी निर्णय गर्दै बोर्डको नेतृत्वमा देखिएको रिक्तता पूर्ति गरेको हो।
मन्त्रालयका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएपछि व्यवस्थापन तहमा उत्पन्न अवस्थालाई सम्बोधन गर्न डा. पौडेललाई अस्थायी रूपमा जिम्मेवारी प्रदान गरिएको हो। मन्त्रालयले बोर्डको नियमित सेवा र कामकारबाहीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले तत्काल निर्णय लिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्णयअनुसार डा. कृष्ण पौडेलले आजदेखि नै स्वास्थ्य बिमा बोर्डको कार्यभार सम्हालिसकेको जानकारी दिए। बोर्डको प्रशासनिक तथा सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक व्यवस्थापनात्मक पहलस्वरूप यो निर्णय गरिएको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे