
काठमाडौं , १९ फागुन ।राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफ।सी र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे शुरु हुनेछ। मच्छिन्द्र एफ।सी यसअघि भएको दुवै संस्करणको उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ।
त्रिभुवन आर्मी क्लब भने पहिलोपटक केपी ओली कप फुटबलको फाइनलमा पुगेको हो। सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई हराएर फाइनलमा स्थान बनाएको थियो भने आर्मी क्लबले संकटालाई पराजित गर्दै फाइनलमा प्रस्थान गरेको हो।
आजको फाइनल खेलमा विशेष आकर्षण इटालियन विश्वकप विजेता खेलाडी जियानलुजी बुफोनको उपस्थिती रहनेछ। उनी आइतबार नेपाल आइपुगेका छन् र फाइनल खेल हेर्न दशरथ रंगशालामा उपस्थित हुनेछन्।
प्रतियोगिताको विजेताले ट्रफीसहित १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। फाइनल खेलको प्रतिस्पर्धा निकै रोचक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे