
काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे केपी केपी ओली कप एफसी क्लब र मछिन्द्र एफसी भिड्ने छन्। हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई २–१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ हात पार्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको विजेता टोलीले २५ हजार तथा प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पाउनेछन्।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीका अनुसार फागुन १९ गते कुमा सागर एण्ड ख्वपा तथा पूर्ण राई एण्ड दाजुभाइको विशेष प्रस्तुति रहनेछ। साथै, सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका प्रसिद्ध गोलकिपर जियानलुजी बुफोन फाइनल खेल अवलोकन गर्न नेपाल आउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे