
काठमाडौं, २३ फागुन। केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको यो प्रतियोगिताको उद्घाटन सत्र दिउँसो १ बजेबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख अतिथिका रूपमा हरिवंश आचार्य उपस्थिति रहनेछन्। उद्घाटन सत्रमा गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, र समिक्षा अधिकारी लगायत कलाकारहरूको प्रस्तुति हुनेछ।
प्रतियोगितामा ९ टोली प्रतिस्पर्धा गर्दैछन्, जसमा दुई विदेशी टोली – उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड रहेका छन्। यसका अतिरिक्त एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन्। प्रतियोगिताको पहिलो खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच दिउँसो ३ बजे हुनेछ।
फागुन १६ र १७ मा सेमिफाइनल र १९ गते फाइनल हुनेछ, जसको लागि १५ लाख ११ हजार १११ पुरस्कार राशी तय गरिएको छ। प्रतियोगितामा प्रसिद्ध इटालियन गोलकिपर जियानलुजी बुफनको पनि उपस्थिति रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे