
काठमाडौँ , ११ साउन ।कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिए ।
उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने छ । उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको वीर अस्पतालमा निधन भएको हो । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।
नकर्मीको निधन भएपछि आज नगरपालिकाभर शोक बिदा दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे