
काठमाडौं । छठ पर्वको दोस्रो दिन आज देशभरका व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल पञ्चमीका दिन गरिने यस विधिमा व्रतालुले दिनभर निराहार रहेर राति सक्खर, दूध र चामलको खीर पकाई छठी देवी र कुलदेवतामा अर्पण गर्छन् । त्यसपछि सो खीर प्रसादका रूपमा ग्रहण गरिन्छ, जसलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । त्यसपछि आज ‘खरना’ र भोली कात्तिक शुक्ल षष्ठीका दिन मुख्य व्रत गरिन्छ । व्रतालुले बेलुका सूर्यास्तपछि चन्द्रदर्शन गरी खरना सम्पन्न गर्ने र भोली अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने चलन छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । यो पर्वलाई आत्मसंयम, पवित्रता र सूर्य उपासनाको प्रतीकका रूपमा मानिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे