
काठमाडौँ — खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्। सुनार विद्युतीय कारोबारसम्बन्धी मुद्दामा बयान दिन लागि हाजिर भएको अदालतका स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन्। अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछिको समयमै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमति सहित सुनारको पुर्जी काटेको थियो। गौतमले आफूलाई सामाजिक सञ्जालमा सुनारले गरेको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्। अदालतमा सुनारको उपस्थितिले मुद्दाको सुनुवाइ अगाडि बढ्ने सम्भावना बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे