
काठमाडौँ, १७ फागुन ।के बि ए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले एक्सपान्ड युअर बिजिनेस ग्लोबल्ली भन्ने मुल नाराका साथ अस्ट्रेलियन बिजिनेस भिजा सेमिनार आईतबारका दिन होटल एभरेस्टमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रिन्सिपल माईग्रेसन एजेन्ट शम्भु कँडेलले ईन्भेसमेन्ट भिजा, बिजिनेस भिजा र स्किल माईग्रेसन भिजाको बारेमा उपस्थित सम्पूर्ण सहभागीलाई जानकारी दिनु भएको थियो ।
अस्ट्रेलिया माईग्रेसन गर्न चाहनेले सम्बन्धित कामको ज्ञान ,सिप र दक्ष हुनुपर्ने बिषयमा जोड दिनु भएको थियो ।
शम्भु कडेल बिगत एक दशक देखी शैक्षिक परामर्श र माइग्रेसनमा केन्द्रित रहेर केबिए ग्लोबल संचालन गर्दै आइरहनु भएको छ।
उहाँको माईग्रेसन एजेन्ट रजिस्ट्रेसन नम्बर – १३८६०७२ रहेको छ।
कबीए ग्लोबलको अष्ट्रेलियामा डार्विन, सिड्नी, मेल्बर्न, पर्थ, तास्मानीया, फिलिपिन्स, र नेपालमा काठमाडौं, चितवन, बुटवल अफिस राखी सेवा प्रदान गरीरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे