
काठमाण्डौ । केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका डाइरेक्टर शम्भु कँडेलले प्रतियोगिताले विभिन्न कलेजका विद्यार्थीहरूलाई खेलकुदमार्फत नेतृत्व क्षमता, अनुशासन, र आपसी सद्भाव अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनले खेलकुदले शारीरिक स्वास्थ्यका साथै मानसिक सन्तुलन तथा व्यावसायिक जीवनमा आवश्यक सीपहरूको विकासमा समेत योगदान पुर्याउने बताएका छन्।
लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले कलेजले सर्वाङ्गीण शिक्षामा जोड दिँदै खेलकुदलाई प्रमुख अंगका रूपमा आत्मसात् गरेको उल्लेख गरेका छन्। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेतृत्व तथा अनुशासनजस्ता जीवनोपयोगी सीपहरू सिक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ थियो।
केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका ग्लोबल मार्केटिङ हेड विनोद परियारले खेलसँगै विद्यार्थीहरूका लागि उज्ज्वल अवसरहरू सिर्जना गर्नु प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष रहेको बताएका छन्।
प्रतियोगिताको संरचना र खेल तालिका
कार्यक्रमका प्रमुख संयोजक तथा केबीए ग्लोबलका सिनियर एडमिशन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै ट्रफी अनावरण गरेका थिए। उनका अनुसार, प्रतियोगिता सात ओभरको फम्र्याटमा २० टिम सहभागी हुने गरी नकआउट शैलीमा सञ्चालन गरिनेछ। दुई दिनसम्म चल्ने यो क्रिकेट प्रतियोगिताले दर्शकहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
प्रेस मिटका क्रममा पत्रकारहरूले प्रतियोगिताको तयारी, व्यवस्थापन, र लक्ष्यबारे आयोजक प्रतिनिधिहरू, टिम कप्तानहरू, तथा लिबर्टी कलेजका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।
केबीए ग्लोबलका ब्रान्च म्यानेजर प्रेम कार्कीले प्रतियोगिताप्रति उच्च अपेक्षा व्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका थिए। कार्यक्रममा आयोजक, खेलाडी, तथा मिडिया प्रतिनिधिहरूबीच अनौपचारिक छलफल समेत भएको थियो।
प्रतियोगिताको औपचारिक उद्घाटन फेब्रुअरी १३, २०२५ मा भेलोसिटी एरिनामा गरिने आयोजकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे