
काठमाडौँ । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिएका छन् । श्रीमान् विक्की कौशलसँगको तस्बिर सेयर गर्दै उनले छोरा जन्मिएको घोषणा गरेका छन्। विवाहको चार वर्षपछि उनीहरू आमाबाबु बनेका हुन्। इन्स्टाग्राममार्फत उनीहरूले शुक्रबार पुत्रलाभ गरेको जनाएका छन् । उनीहरूले स्टाटसमार्फत खुसी बाँडेका छन् ।
कट्रिना र विक्कीले पोस्टमा लेखेका छन्, ‘हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौँ। नोभेम्बर ७, २०२५ कट्रिना र विक्की।’
कट्रिना र विक्कीको विवाह सन् २०२१ डिसेम्बर ९ मा नजिकका परिवारजन र साथीहरूबीच सम्पन्न भएको थियो। यो दम्पतीको सन्तान आगमनसँगै बलिउडमा शुभकामनाको वर्षा भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे