
काठमाडौँ। अमेरिकी–नेपाल सीईओ सहभागिता श्रृंखला अन्तर्गत काठमाडौँ विश्वविद्यालय व्यवस्थापन स्कूलका ११० भन्दा बढी विद्यार्थीहरूले मेटलाइफ नेपालसँग अन्तरक्रियात्मक सत्रमा भाग लिएका छन्। उक्त कार्यक्रममा विद्यार्थीहरूले डिजिटल उपकरणको प्रयोग, नैतिक निर्णय प्रक्रियाहरू, तथा विश्वव्यापी व्यवसायिक मापदण्डले नेपालमा बीमा क्षेत्रलाई कसरी रूपान्तरण गर्दैछ भन्ने विषयमा छलफल गरेका थिए।
संस्कृति मामिला अधिकारी एरिका एलेक्ज्याण्डरले कार्यक्रम उद्घाटन गर्दै सत्रको सञ्चालन गरिन्। मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठले मेटलाइफजस्ता अमेरिकी साझेदार कम्पनीले नेपालमा पारदर्शिता, जोखिम व्यवस्थापन र नवप्रवर्तनको अन्तर्राष्ट्रिय मापदण्ड कसरी लागू गरिरहेको छ भन्ने विषयमा अनुभव साझा गरे। उनले डिजिटल प्लेटफर्मको उपयोग, विश्वास र डेटा सुरक्षा, तथा दक्ष जनशक्तिको भूमिका बीमा विस्तार र नेपालको डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउने तरिकाबारे पनि प्रकाश पारे।
यस प्रकारका कार्यक्रमहरूले नेपालको युवा पुस्तालाई आधुनिक वित्तीय पेशाका लागि तयार पार्ने, व्यवसायिक क्षमता विकास गर्ने र नेपाली प्रतिभालाई अमेरिकी कम्पनीहरूसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे