
काठमाडौं महानगरपालिकामा दर्ता रहेका ‘घ’ वर्गका निर्माण व्यवसायीहरूलाई तोकिएको म्यादभित्र इजाजतपत्र नविकरण गर्न आग्रह गरिएको छ। महानगरपालिकाले जारी गरेको सूचना अनुसार, २०६० को ‘काठमाडौं महानगरपालिका घ वर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि’ को दफा ६ को उपदफा (१) देखि (६) सम्मका प्रावधानअनुसार इजाजतपत्र नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
महानगरपालिकाले इजाजतपत्र नविकरणको प्रक्रियासम्बन्धी आवश्यक जानकारी प्रदान गर्दै, तोकिएको समयभित्र नविकरण नगरेमा कार्यविधिको दफा ७ को उपदफा (३) अनुसार इजाजतपत्र स्वतः खारेज हुने चेतावनीसमेत दिएको छ।
महानगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा इजाजतपत्र नविकरण गरिसकेका व्यवसायीहरूलाई आगामी आर्थिक वर्षमा पनि सोही प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे