
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवाका लागि ४४ जना कर्मचारी माग गरेको छ। महानगरले जारी गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौं महानगरको कार्यविधि, २०७९ अनुसार यो पदपूर्ति प्रक्रिया सुरु गरिएको हो।
माग गरिएका पदहरूमा नगर प्रहरी जवान (अग्नि नियन्त्रक), हलुका सवारी चालक र कार्यालय सहयोगी रहेका छन्। महानगरले योग्यता पुगेका नागरिकलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे