
काठमाडौँ, ३० भाद्र । काठमाडौँ महानगरपालिकाका विरुद्धमा फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।
नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।
आन्दोलनकारीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेर कार्यालय घेराउ गरेका हुन्।
सडकमा ब्यापार गनु रहर होइन हाम्रो बाध्यता हो, कि विकल्प देउ कि रोजगार देउ, सन्ध्याकालिन बजारको ब्यवस्था गर,स्वरोजगार श्रमीकहरुको कार्यथलो ब्यवस्थित गर आदिका प्लेकार्डसहित साना ब्यवसायि काठमाडौँ महानगर पुगेका थिए ।
काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन्।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे