
काठमाडौँ, २४ बैशाख । काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार भोलीदेखी हटाइने भएको छ ।
आज आइतबार नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अव्यवस्थित तार हटाउन सहमत भएका हुन् ।
महानगरका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइनेछ ।
यसअघि महानगरपालिकाले एक सुचना प्रकाशित गर्दै प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउने बताएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे