काठमाडौँ, १२ पौष । ल्हासा सिधा हवाई उडान सुरू भएको छ । आज (बिहीबार)देखि काठमाडौंबाट ल्हासा नियमित उडान सुरू भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उक्त उडानको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै किरातीले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो ।’
‘अरनिको राजमार्गलाई नेपाल–चीन जोड्ने सेतु मानिन्छ । तिब्बतको ल्हासामा प्रति वर्ष १ करोड पर्यटकहरू घुम्न आउने गछन्, जसमध्ये ठूलो संख्यामा चिनियाँ बौद्ध धर्मावलम्बी हुन्छन् । २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्छ,’ उनले भने ।
काठमाडौं–ल्हासा उडानले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक हुने मन्त्री किरातीले बताए । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौं–ल्हासा नियमित उडान सुरू गरेको हो ।
कोम्निङ, बेइजिङ, सांघाई क्विङ्डाओ, चोंकुइङ, कोङ्मिङ र ल्हासासमेत गरी ६ गन्तव्यमा उडान हुन थालेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे