• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१0 घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

११ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१२ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१२ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१३ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (१ साल अघि)

काठमाडौं शैक्षिक मेला सम्पन्न, प्रयोगात्मक सिकाइमा विद्यार्थीको आकर्षक प्रस्तुति

  • 3,364 Views
  • काठमाडौं । दुई दिने ‘काठमाडौं शैक्षिक मेला’ फागुन १७ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृहमा आयोजित मेलामा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी र प्रस्तुति मार्फत आफ्नो सीप तथा सिकाइ देखाएका थिए।

    मेलाका क्रममा विद्यार्थीहरूले नेपाली, नेपाल भाषा र अंग्रेजी गरी तीन भाषामा नृत्य, अभिनय, संकेत तथा संवाद मार्फत आफ्नो सिप प्रदर्शन गरेका थिए। उनीहरूले कपडामा आइरन लगाउने, टाँक लगाउने, घरायसी कार्यहरू जस्तै खाना तथा चिया-कफी बनाउने, सरसफाइ जस्ता सीपहरूको प्रभाव दैनिक जीवनमा कसरी पर्छ भन्ने कुरालाई अभिव्यक्त गरेका थिए। साथै, कुमारी नृत्य, परम्परागत धिमे बाजा, मजिपा लाखे तथा पुलुकिसी झाँकी प्रस्तुत गरिएको थियो।

    प्रदर्शनी तथा गतिविधिहरूमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित (STEM), भित्तेचित्र, संस्कृति तथा सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, एनिमेसन तथा गेमिफिकेशन, नाट्यकला, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन प्रविधि र कोडिङ जस्ता विधाहरू समेटिएका थिए।

    मेलामा विद्यालयहरूमा उपलब्ध हुने दिवा खाजाको समेत प्रदर्शनी गरिएको थियो। ३० रुपैयाँमा उपलब्ध खाजाको जानकारी दिन विद्यालयकै भान्साबाट खाना वितरण गरिएको थियो। दुई दिनमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको खाजा विक्री भएको शिक्षा विभागले जनाएको छ।

    मेलाको समापन समारोहमा शिक्षा, स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै विद्यालय उमेरमै प्राप्त हुने नेतृत्व विकासको महत्त्वलाई जोड दिए। उनले नमूना संसद कार्यक्रमको विषयमा बोल्दै असल राजनीतिले मात्र समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे।

    नमूना संसद कार्यक्रममा एलआरआई विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले संसदीय अभ्यास प्रस्तुत गरेका थिए। उक्त अभ्यासमा शैक्षिक प्रणाली, शान्ति सुरक्षा, रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण, कृषि, ऊर्जा तथा जलस्रोत व्यवस्थापनजस्ता विषय समेटिएको थियो। विद्यार्थीहरूले सभामुख, उपसभामुख, सत्तापक्ष तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै जिम्मेवार राजनीतिक व्यवहार प्रस्तुत गरेका थिए।

    शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बुक फ्री फ्राइडे कार्यक्रमको प्रभावकारिता उजागर गर्दै सिकाइको व्यवहारिक पक्षलाई थप मजबुत बनाउने दिशामा कार्यक्रम केन्द्रित गरिने बताए। सहायक विज्ञ सस्मित पोखरेलले व्यवहारिक सिकाइका माध्यमबाट विद्यार्थीहरूको बहुआयामिक विकास भइरहेको तथ्य मेलाका गतिविधिहरूबाट पुष्टि भएको बताए।

    महानगरपालिकाका शिक्षा अधिकृत ओमप्रसाद गौतमका अनुसार मेला तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा फागुन २३ गते शिक्षा साझेदार, सरोकारवालाहरू तथा इच्छुक व्यक्तिहरूलाई नजिकका सामुदायिक विद्यालयहरू अवलोकन गराइनेछ। तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामबारे गोलमेच अन्तरक्रिया गरिनेछ।

    महानगरपालिकाभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार ३२० तथा ५२४ संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ विद्यार्थी अध्ययनरत छन्। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा स्तरोन्नतिका लागि महानगरपालिकाले अनुसन्धानमा आधारित लगानी वृद्धि गरिरहेको छ। यस अन्तर्गत, ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ भने ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ पनि सञ्चालन गरिएका छन्।

    महानगरपालिकाले सञ्चालन गरिरहेका यी कार्यक्रमहरूले शैक्षिक प्रणालीलाई व्यवहारिक तथा समयसापेक्ष बनाई दक्ष नागरिक उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १0 घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    ११ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १२ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १२ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution