
काठमाडौं। जेनजी आन्दोलनपछिको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्युलाई थप कडाइका साथ निरन्तरता दिएको छ। उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुरमा यो व्यवस्था लागू गरिएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म सार्वजनिक आवतजावतको अनुमति दिइएको छ। त्यसबाहेकको समयमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिनेछ।
निषेधाज्ञा तथा कर्फ्यु अवधिमा अत्यावश्यक सेवामा छुट दिइएको छ।
छुट पाउनेमा निम्न सेवा र व्यक्ति रहेका छन्:
एम्बुलेन्स, शववाहन, दमकल
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी
खाद्यान्न, ग्यास, दूध, तरकारी, पानी, औषधि तथा इन्धन ढुवानी गर्ने सवारी
सञ्चार प्रदायक कम्पनीका सवारी
सरकारी कार्यालय, बैंक, वित्तीय संस्था तथा राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी (सक्कल परिचयपत्र देखाएर)
यात्रुहरूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि टिकट देखाएर विमानस्थलसम्म आवतजावतको अनुमति दिइएको छ। यात्रुहरूले सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुपर्ने निर्देशन दिइएको छ।
सुरक्षाको चाप व्यवस्थापन गर्न नेपाली सेनाको जिम्मा कडाइका साथ कार्यान्वयन भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे