
काठमाडौँ , १० वैशाख । भारतको जम्मु(कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ । बैसरान क्षेत्रको यो घटनामा आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायमा संलग्न नागरिकहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। कम्तीमा २८ जनाको मृत्यु भएको छ, जसमा २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक परेका छन्। थप ३६ जना घाइते भएका छन्।
यो आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर(ए(तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ। प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनल दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान झनै कडा हुने बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई कुनै हालतमा नछाडिने उल्लेख गरेका छन् । बीबीसीका अनुसार केही घाइतेहरूलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीसँग चाँडै कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। ट्रम्पले भारतको साथमा उभिने प्रतिवद्धता जनाउँदै ट्रुथ सोशलमार्फत समवेदना प्रकट गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे