
काठमाडौँ, ३ पुस – कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। जवाफमा चितवन २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रनमा समेटियो र एनपिएलबाट बाहिरियो।
कर्णालीको जितमा रवि बोप्राले ५३ रन बनाए। कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र सरद भेषवाकरले १० रन जोडेका थिए। बलिङमा जिसन मक्सुदले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २-२ तथा विपिन शर्माले १ विकेट लिए।
चितवनका लागि सोहिल तन्विरले २ विकेट लिएका थिए। अन्य बलरहरूको प्रदर्शनमा सरद भेषवाकर, रवि बोपरा र कप्तान कुशल मल्लले १-१ विकेट लिएका थिए।
कर्णालीले लिग चरणमा चितवनलाई ६ विकेटले हराएको थियो। अब कर्णालीले पहिलो क्वालिफायरमा पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे