
काठमाडौं ,१६ भदौ– कर्णाली राजमार्ग चार दिनपछि एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार दिउँसो २ बजेबाट कर्णाली राजमार्ग एकतर्फी रुपमा खुला गरिएको छ।
१२ भदौको दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायतका स्थानहरूमा आएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसले सो भेगको यातायात र ढुवानी सेवामा असर परेको थियो।
पछिल्लो समयको अवस्थाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले उक्त सडक खण्डको एकतर्फी सञ्चालनको घोषणा गरेको हो। यद्यपि, यात्रु र ढुवानीका साधनलाई सुरक्षित यात्रा सुनिश्चित गर्न थप मर्मत र सुधार कार्य जारी रहने बताइएको छ।
यात्रुहरूले यात्रा गर्नु अघि सबै जानकारी प्राप्त गर्न र सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे