
काठमाडौं, १८ जेठ। कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोले २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले अनुसार बैंकमा सङ्कलन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी राय फरार थिए । रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे