
काठमाडौँ , २१ साउन | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्।विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए। नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २१ सांसदको समर्थन चाहिन्छ। कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का १३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का १०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० एक र राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–प्रदेशसभा सदस्य रहेका छन्।
साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे