
काठमाडौँ। झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कन्काई पुल १४ वर्षदेखि अधुरै छ। करिब ७२३ मिटर लम्बाइको यो पुल बनाउन पप्पु–महादेव–खिम्ती जेभीसँग २०६८ जेठमा ठेक्का भएको थियो। २०७२ जेठभित्र काम सक्ने सम्झौता भए पनि पाँचपटक म्याद थप्दा पनि ५६ प्रतिशत मात्र काम भएको भन्दै योजना कार्यालय इटहरीले ठेक्का रद्द गरेको हो।
कात्तिकमा १५ दिने स्पष्टीकरण मागिए पनि ठेकेदारले सन्तोषजनक जवाफ नदिएको कार्यालयले जनाएको छ। अब ठेकेदारको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत हुनेछ। बाँकी काम सम्पन्न गर्न सरकारले अन्य कदम चाल्ने, आवश्यक परे कालोसूचीमा राख्ने बताइएको छ। बाँकी कामको नापजाँचका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन ठेकेदारलाई भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे