
काठमाडौं। कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै क्यालेन्डर तयार गरिएको हो।
नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोडसमेत सार्वजनिक गरेको छ। उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाइटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ।
उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरुसमेत समावेश गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे