
झापा, मेचीनगर – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मेचीनगर–७, झापास्थित श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ।
बैंकको इट्टाभट्टा शाखाले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि शाखा प्रबन्धक श्री निर्जर पौडेल रहेका थिए। विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीलाई स्कुल झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूका लागि यस्तो सहयोग प्रेरणादायी रहेको बताउनुभयो। उहाँले बैंकद्वारा प्रदान गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका विभिन्न आयाममा सक्रिय रहँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता साक्षरता तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे