
काठमाडौं, नेपाल – कामना सेवा विकास बैंकले शनिबार केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न गरेको छ। यो कार्यक्रम कर्मचारीहरूको खेलकुदमा प्रदर्शन गरेको क्षमता, आपसी सद्भाव र सहकार्यको विकास, साथै बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
कार्यक्रममा आज ब्याडमिन्टन डबल्स र चेस प्रतियोगिता सम्पन्न भए। आठ समूहहरू, सात प्रदेश र केन्द्रीय कार्यालयको सहभागितामा यी खेलहरू आयोजना गरिएको थियो।
पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशीष अधिकारीको जोडीले कोसी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधि जिते।
महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनलमा नारायणगढ क्षेत्रका मनिषाकुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयका अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधि जिते।
चेस प्रतियोगितामा, पुरुषतर्फ बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सञ्जीव लामालाई हराउँदै उपाधि जिते, जबकि महिलातर्फ केन्द्रीय कार्यालयका निशा प्रसाईंले कोसी क्षेत्रकी मञ्जु खत्रीलाई हराउँदै उपाधि जितिन्।
विजेता तथा उपविजेता टोलीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे