
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा २०८२ असोज २४ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले आ.व. २०८१/८२ को वार्षिक वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ।
सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिएको छ। साथै, सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ।
त्यसैगरी, साधारणसभाले आगामी चार वर्षका लागि सञ्चालक समिति पुनर्गठन गरेको छ। संस्थापक समूहतर्फ सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहतर्फ बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।
आ.व. २०८२/८३ का लागि बैंकको लेखापरीक्षण समितिको सिफारिसअनुसार एन.बी.एस.एम. एण्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ।
कार्यक्रममा सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत (CEO) दिनेश थकालीले दिएका थिए। प्रमुख कार्यकारी अधिकृत थकालीले निरन्तर दोहोरो अंकको लाभांश वितरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि संस्थालाई दिगो बनाउँदै सेयरधनीलाई स्थायी प्रतिफल दिने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे