
भरतपुर — कामना सेवाविकास बैंक लिमिटेडले माघे संक्रान्तीको अवसरमा देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। उक्त शिविरमा स्तनक्यान्सर सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो। भरतपुर अस्पताल र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न यो स्वास्थ्य शिविरमा ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।
शिविरको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउने, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा रोकथाम सुनिश्चित गर्नु रहेको थियो। सहभागीहरूलाई स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक सुझाव बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए। स्थानीय समुदायले बैंक र स्वास्थ्यकर्मीहरूलाई कार्यक्रमप्रति सकरात्मक प्रतिक्रिया व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे