
काठमान्डौ -विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष कमल थापाले निकट भविष्यमा राप्रपासँग सहकार्य हुनसक्ने बताएका छन्र ।
पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।
अध्यक्ष कमल थापाले भने हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ।
राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भैसकेको भन्दै उनले भने “हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहन्छ” ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे