
काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरूका लागि सुजुकी कार खरिद गर्दा विशेष छुटको अवसर सिर्जना गरेको छ। न्यान्सी ऑटोमोबाइल्स प्रा. लि. सँगको सहकार्यमा बालाजु तथा बौद्ध शाखाबाट सुजुकी कार खरिद गर्ने ग्राहकहरूले कम्पनी अफर बाहेक रु. ३०,००० देखि रु. १,७५,००० सम्म अतिरिक्त छुट पाउनेछन्।
यो अभियानले ग्राहकहरूलाई सस्तो दरमा गुणस्तरीय सवारी साधन पाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। नेपाल बैंकले आफ्ना ग्राहकहरूका लागि विभिन्न सुविधा र अफरहरू प्रदान गर्दै आएको छ भने न्यान्सी ऑटोमोबाइल्सले पनि विश्वसनीय ब्रान्डको सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे