
काठमाडौं –सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै रिकभरी अफिसर पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकले केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंका लागि जुनियर अफिसर, अफिसर तथा सीनियर अफिसर तहमा रिक्त पदहरू खुला गरेको थियो।
बैंकले प्रकाशित सूचनामा उल्लेख गरेअनुसार उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको थियो। यस्तै, क्रेडिट तथा रिकभरी क्षेत्रमा कम्तीमा पाँच वर्षको सम्बन्धित अनुभव भएका, ४० वर्षभन्दा कम उमेरका उम्मेदवार योग्य मानिने जनाइएको थियो।
दरखास्त दिने इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइट www.shangrilabank.com/career मा गई तोकिएको प्रक्रिया अनुसार दरखास्त दिनुपर्ने व्यवस्था गरिएको थियो। आवेदन दिने अन्तिम म्याद २०८२ साल वैशाख २३ गते साँझ ५ बजेभित्र तोकिएको थियो।
बैंकले प्राप्त दरखास्तहरू मूल्याङ्कन गर्ने सम्पूर्ण अधिकार सुरक्षित राख्ने र कुनै पनि आवेदन बिना कारण अस्वीकृत गर्न सक्ने प्रावधान पनि उल्लेख गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे