
काठमाडौँ । नेपाली सेनाले विभिन्न गण, पृतना र बाहिनीमा ३६ सय जना नयाँ सैनिक भर्ना लिन दरखास्त आह्वान गरेको छ। उपत्यकामा नारायणहिटी पृतना लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायक रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरी पूर्वी पृतना हेडक्वार्टरका लागि २ जना लगायत विभिन्न गणमा भर्ना हुनेछन्। सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि सबैभन्दा बढी ४२५ जनाको माग छ।
सैन्य पदमा भर्ना हुन इच्छुक उम्मेदवारले कम्तीमा कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। एसइई वा सोभन्दा माथिको प्रमाणपत्र राख्नेले कक्षा ८ प्रमाणपत्र पेश गर्नु नपर्नेछ। कक्षा ८ प्रमाणपत्रका लागि न्यूनतम जिपिए २, कुनै विषयमा डी प्लसभन्दा कम नभएको हुनुपर्नेछ भने एसइई वा माथि प्रमाणपत्र राख्नेमा न्यूनतम जिपिए १.६ अनिवार्य छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे