
काठमाडौँ , माघ २९ । नेपालमा जापानी भाषा, संस्कृति र जापानि शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानिज ल्याग्वोज स्कुल एशोसीयसन अफ नेपाल जाल्सनले जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट आयोजना गर्दै आइरहेको छ। यही माघ २८ गते शनिबारका दिन वानेश्वरमा अवस्थित इन्द्रेणी बैन्क्वेन्टमा आठौ जापानि भाषा वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रममा जापानी दुतावास, जाईका अलुम्नाइ एसोसिएसन अफ नेपाल जान, जापानिज युनिभर्सिटी अलुम्नाइ एसोसिएसन अफ नेपाल जुवान, AOTS NEPAL, IWATANI GAKUEN, फेडरेसन अफ एजुकेसनल काउन्सील, एभरेष्ट बैङ्क, सिटी एक्सप्रेस, इष्ट बृज, ECAN, FECON, NIHONJINKAI, IERIN, NECA, NAAER, LAN, JLCT, J-CERT, PJC, NAT TEST, पुडासैनी मैत्री समाज, नरेन्द्र बाटीका नक्साल लगायत जाल्सन परीवारको बाक्लो उपस्थित रहेको थीयो। राष्ट्रिय गानको उच्च सम्मान गदै अगाडि बढेको वक्तित्व कला प्रतियोगिताको औपचारिक समुद्घाटनमा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गदै संस्थाका महासचिव अरुण पाण्डेले स्वागत मन्तब्य व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुनिल ब्रजाचार्यले जाल्सनको क्रियाकलापको बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थीयो। कार्यक्रममा जाल्सनका सञ्चालक समितिका सदस्य रमेश आचार्यले विध्यार्थी, निर्णायक वर्ग र उपस्थितहरूमा आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिताको नियमहरु पढेर सुनाउनु भएको थियो। आठौं जापानि भाषा वक्तित्व कला प्रतियोगितामा प्रतियोगि विध्यार्थीहरुले तोकिएको बिषयमा आफ्नो बक्तित्व कला प्रस्तुत गरेका थिए।
आठौं जापानि भाषा वक्तित्व कला प्रतियोगिताका जुरि कमिटिका सदस्यहरु जापानि दुतावासकी द्वितीय सचिव (सेकेन्ड सेक्रेटरी) मिस साटो मायुको, नियोन्जिन खाई नेपालकी डारेक्टर मिस कुमिको काटो र जान की महासचिव शान्ति लक्ष्मी शाक्यबाट संयुक्त रुपमा उत्कृष्ट प्रतियोगि विध्यार्थीहरु क्रमशः सगरमाथा जापानिज ल्याङ्वेज इन्स्टिच्युटका ह्रदर्य शाक्य प्रथम, स्कालार्क जापानिज ल्याङ्वेज स्कुलका निकेश घिसिङग् तामाङ द्धितिय, वाकाबा एडुकेशन कन्स्लटेन्सिका रविन डङ्गोल तृतीय र इन्टरनेशनल काईकन एडुकेशनल कन्स्लटेन्सिकी अर्चना श्रेष्ठ चौथो स्थान ओगट्न सफल भएको जानकारी गराउनु भएको थियो।
उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जापानिज दुतावासका राजदुत महामहिम मिस्टर किकुता युत्तकाले सर्टिफिकेट र पुरस्कार वितरण गर्नु भएको थियो। पुरस्कार वितरण पश्चात महामहिम राजदुतले नेपालमा जापानिज भाषा, संस्कृति र जापानि शैक्षिक प्रणालीको प्रवर्द्धन गर्नमा जापानिज ल्याग्वोज स्कुल एशोशियशन अफ नेपाल जाल्सनले पुराएको योगदानको उच्च कदर गदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो। संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरि कमिटि, अतिथि र प्रयोजकहरुलाई मायाको चिनो प्रदान गर्नु भयो, साथै सम्पुर्ण प्रतियोगिहरुलाई सिटि एक्सप्रेसद्धारा उपलव्ध गराईएको उपहारहरू प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने स्वयंसेवकहरुलाई संस्थाका आई पि पि झम्कलाल श्रेष्ठ(विशाल) बाट सर्टिफिकेट वितरण गरिएको थियो। कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरि कमिटि, अतिथि प्रयोजक र सम्पुर्ण प्रतियोगिहरुलाई धन्यवाद ब्यक्त गदै कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमा संस्थाका सदस्य द्धोय सञ्जिव जङ्ग वन र मिरिया खड्गिले सञ्चालन गर्नु भएको थियो भने भाषा अनुवाधकमा संस्थाका सदस्य ओम हरि प्रजापतिले सहयोग गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे