
काठमाडौँ –नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आज दुई महत्वपूर्ण खेल हुनेछन्। पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुनेछ। लगातार चार खेल हारेपछि जनकपुरका लागि प्लेअफको आशा जोगाउन यो खेल जित्नु निकै जरुरी छ। चितवनले भने चारमध्ये दुई खेल जितेको छ र आजको जितले उनीहरूको प्लेअफ सम्भावना अझ बलियो बनाउनेछ।
दोस्रो खेल अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ। दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। चारमध्ये एक खेल मात्र जितेको पोखराले प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ, जबकि कर्णालीले पनि जित निकाल्दै आफ्नो सम्भावना कायम राख्न चाहन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे